Breaking

Thursday, August 31, 2017

आजको Nepal Idol Top 4 मा गायक राजेश पायल राई आउँदै

काठमाडौं, १५ भदौ । एपीवान टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी शो ‘नेपाल आइडल’ को आजको अंकमा चर्चित गायक राजेशपायल राई आउँने भएका छन् । स्रोतका अनुसार आजको एपिसोडमा ‘राई इज किङ’ भनेर चिनिएका राई आउने भएका हुन् ।

आइडलको उक्त एपिसोड आज राति ८:४५ बजे प्रसारण हुने छ । आजको एपिसोडमा ‘टप ४’ प्रतिस्पर्धीले प्रस्तुती दिनेछन् । आइडलको ‘टप ४’ मा पोखराका बुद्ध लामा, मोरङका निशान भट्टराई, ललितपुरका प्रताप दास र चितवनका सागर आले पुगेका छन् ।

आजको प्रस्तुति पछि प्राप्त हुने भोटका आधारमा सबैभन्दा कम भोट ल्याउने एक प्रतिस्पर्धी भोली (शुक्रबार) आइडलबाट बाहिरिने छन् । बाँकी तीन प्रतिस्पर्धीबाट एक जनाले आइडलको टाइटल जित्ने छन् ।

असोज ६ गते कतारको दोहामा आइडलको फिनाले हुने छ । टाइटल विजेताले महिन्द्राको ‘केयूभी १००’ मोडलको गाडी र २० लाख नगद प्राप्त गर्ने छन् । यस्तै दोस्रो हुनेले १५ लाख र तेस्रो हुनेले १० लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । मेडियाएनपीबाट

No comments:

Post a Comment