Breaking

Sunday, August 13, 2017

कृष्ण जन्माष्ठमी पर्व, देशभर हिन्दु धर्मावलब्बीहरुले धुमधामसगं मनाउदै

काठमाडौ, श्रावण ३० आज श्री कृष्ण जन्माष्ठमी पर्व, देशभर हिन्दु धर्मावलब्बीहरुले धुमधामसगं मनाउदै छन् । विहनैदेखि देशभरका कृष्ण मन्दिरहरुमा भक्तजनहरुको विशेष घुईचो लागेको छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्धापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।

आज मुलुकभरीका कृष्ण मन्दिरहरूमा भगवान श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नुका साथै विशेष गरी महिलाहरू ‘ब्रत’ बसी रातभर जाग्रम बस्ने प्रचलन छ । पौराणिक कथन अनुसार अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान विष्ण्ुाको आठौँ अवतारका रूपमा जन्मेका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको जनविश्वास छ ।

महाभारतका अनुसार कुरुक्षेत्रमा कौरवहरूसँगको लडाईंमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् उहाका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ हिन्दूहरूको पवित्र ग्रन्थ मानिन्छ । बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका कृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेको विश्वास गरिन्छ ।

सो अवसरमा खासगरी पाटनको मङ्गलबजारस्थित कृष्णमन्दिरमा कृष्णको जन्मोत्सव मनाउन र पूजाअर्चना गर्न भक्तजनको घुइँचो लाग्ने गर्छ ।

No comments:

Post a Comment