सुनसरी २९ श्रावण, सप्तकोशी नदीमा पानीको बहाब बढ्दै गएको छ । शनिबार बेलुका सप्तकोशी नदीमा प्रतिसेकेण्ड २ लाख ७९ हजार क्यूसेक पुगेको थियो ।
पानीको बहाब ३ लाख क्यूसेक प्रतिसेकेण्ड नाघेपछि भने भारतबाट इन्जिनियरसहितको प्रावधिक टोली आउने र त्यो टोलीले अवस्था निरीक्षण गरेपछि मात्र कोशी ब्यारेजका थप ढोका खोल्न मिल्ने स्थानीय प्रशासनले जनाएको छ । अहिले सप्तकोशीका ५२ मध्ये ३३ वटा ढोका पुरै खोलिएको छ भने ५ वटा आधा मात्र खोलिएको छ ।
देशभर दुर्लभ मौसम प्रणाली – ठुला बाढी पहिरोको अनुमान: पुरै तराईदेखि महाभारत सम्मको क्षेत्रमा भीषण पानी पर्ने दुर्लभ मौसमी अवस्था विकास भएको छ। मनसूनी न्यून चापीय रेखा अहिले नेपालको पहाडी क्षेत्र नजिकै रहेको र न्यून चापीय प्रणाली मध्य तथा आसपासको भागहरूमा विद्यमान रहेकोले अध्यधिक वर्षाको सम्भावना देखिएको छ ।
शनिवार पूर्वदेखि मध्य तराई चुरे क्षेत्रमा ठुलो पानी पर्ने अवस्था सृजना भइरहेको छ । शनिवार दिनभरि र आइतबारसम्मै पूर्वको झापा, ईलाम, सुनसरी, मोरङ, सप्तरी,उदयपुर, धनकुटा , मध्यको रौतहट, सर्लाही मकवानपुर,रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु र पश्चिममा कञ्चनपुर, कैलाली, र बर्दीयामा वर्षाले विकराल रूप लिने अनुमान मौसमविद्हरुको छ ।
मुख्य रूपमा चुरे र महाभारतबाट प्रवाह हुने( मेची, निन्दा, बिरिङ, कन्काई, पथरी, त्रियुगा, बुढी खोला, बागमती, पूर्वराप्ती, रिउ खोला, बिनय खोला, अरुन खोला, तिनाउ, बाणगङ्गा, र पश्चिममा, मछेली, मोहना, बबई लगायतमा विशेष सावधानीको खाँचो बाढी पूर्वानुमान शाखाले औंल्याएको छ ।
बाढी आउनु भन्दा पहिले अपनाइने सावधानी ले तपाइको सम्भावित क्षति कम गर्न मद्धत गर्छ।र बाढीबाट बच्न सकिन्छ।
अपनाउनु पर्ने सावधानीहरुः
-घरमा भएको खाद्यान्न अलि अग्लो स्थानमा राख्नुहोस ।माथिल्लो तल्ला छ भने तल भएका समान सबै माथि सार्नुहोस्।
-तपाई संग भएका कागजपत्र जस्तै ;लालपुर्जा,नागरिकता ,शैक्षिक प्रमाण पत्र प्लास्टिकमा बन्द गरेर राख्नुहोस्।
-दैनिक खाई रहनु पर्ने औषधि पनि प्लास्टिकमा पानी नपस्ने गरेर पोको पार्नुहोस्।
-बाढीको खतरा के कत्ति छ बुज्नको लागि रेडियो,टिभी निरन्तर सुन्नुहोस्।
-मोबाइलफोनको प्रयोग कम गर्नुहोस्, ईमर्जेन्सीमा अावश्यक पर्नसक्छ।
-साथमा रेडियो ,मोबाइल,टर्च ,मैन बत्ति ,सलाई ,खाने पानि,ड्राइ फुडको जोहो गर्नुहोस्य ।
-बाढी घरमा पसेको खण्डमा सकेसम्म चाडै सुरक्षित स्थानमा गएर बस्नुहोस्।
-बाढी निरन्तर घरमा पसिरहेको छ भने तुरुन्त के कति क्षति भयो भनि हेर्न नजानु होस्।
-स्वास्थ्यलाइ ध्यान राख्नुहोस् ।
-सफा पानी (उमालेर ,फील्टर गरेर) पिउनुहोस,खाना छोपेर राख्नुहोस् ।
No comments:
Post a Comment