Breaking

Wednesday, August 9, 2017

नोटमा केरमेट गर्ने बानी भए आजै सुधार्नुहोस - अब देखि नोटमा केरमेट गरे जेल

तपाईले बजारमा नोटमा केरमेट गरेको नोट त धेरै नै भेटाउनु भएकै होला । साथै तपाई नी कुनै बेला लेख्‍नलाई कागज नहुँदा वा कसैलाई पैसा भुक्तान गर्दा गन्ती वा हिसाब नोट मै नै गर्ने गर्नुहुन्छ होला । के साँच्चै तपाईको नोट केरमेट गर्ने बानी छ ? छ भने आजै सुधारीहाल्नुहोस । किनकी अब देखि नोटमा कुनै किसिमको केरमेट गर्नेलाई ३ महिनाको जेल सजायँ हुने भएको छ । सरकारले नोट केरमेट गर्ने र नोटलाई फैजदारी संहितामा राखेको हुँदा यस्तो कारवाही हुने भएको हो । व्यवस्थापिका संसद्ले पारित गरेको फौजदारी संहितामा नोट केरमेट गर्नेलाई ३ महिना जेल सजायँ वा नगर रु.५ हजार अथवा दुबै हुन सक्ने उल्लेख गरिएको छ ।

व्यवस्थापिका संसद्को मुलुकी ऐन २०२० लाई विस्थापन गर्दै नयाँ कानून बनाएको हो । यही कानूनमा यस्तो व्यवस्था गरिएको हो । यो नयाँ कानून तपाईलाई कत्तिको चित्त बुझ्दो लाग्यो । जानकारी एवं प्रतिक्रियाको लागि Like Comment तथा Share गरिदिनुहोला ।

No comments:

Post a Comment