Breaking

Thursday, August 10, 2017

किर्तीपुरस्थित फन पार्कमा गृहमन्त्रीको अंगरक्षकले पेस्तोल ताक्दा.......

काठमाडौं, पूर्वउपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको सुरक्षामा खटिएका नेपाल प्रहरीका सहायक निरीक्षक (असई) ले कीर्तिपुरको फन पार्कमा निःशुल्क प्रवेश नपाएपछि कर्मचारीलाई धम्की दिएका छन् ।

चोभारस्थित हुपिल्यान्ड एम्युजमेन्ट एण्ड बाट पार्कको टिकट काउन्टरका कर्मचारीले निःशुल्क प्रवेश नदिएपछि प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा निर्देशनालयमा दरबन्दी भई निधिको अंगरक्षकमा खटिएका असई नागेन्द्र राउतले साथमा रहेको पेस्तोल ताकेर ज्यान मार्ने धम्की दिएका हुन् । आजको कारोबार दैनिकमा खबर छ ।

घटना हो, मंगलबार दिउँसो १ बजेको । प्रहरी प्रधान कार्यालयका अनुसार निधिका स्वकीय सचिव विश्वास विक्रम तथा उनको परिवार लिएर पेस्तोलसहित चोभार पुगेका असई राउतले आफू प्रहरी भएको भन्दै निःशु्ल्क प्रवेश गर्न खोजेका थिए । तर, नमिल्ने बताएपछि उनले पेस्तोल निकालेर उडाइदिने धम्की दिए । त्यसपछि पार्कमा हल्लाखल्ला मात्रै भएन, केही बेरमा महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट भ्यान आईपुग्यो । असई राउतलाई समेत पक्राउ गरी कीर्तिपुर प्रहरीले वृत्तमा पुर्यायो । तर, केही घन्टामै राउत नेताको दबाबमा छुटेका छन् ।

No comments:

Post a Comment