काठमाण्काडौं भाद्र ९ , काठमाण्डौंमा ऐतिहासिक सम्पदा तथा सार्वजनिक स्थलमा निशुल्क एन्टरनेट सेवा प्रदान गरिने भएको छ । महानगरपालिकाले सम्पदा तथा सार्वजनिक स्थलमा घुम्न आउने पर्यटक तथा स्थानीयका लागि फ्री वाइफाई जोन बनाउन लागेको हो ।
महानगरपालिकाको आर्थिक बर्ष २०७४ ७५ को निती तथा कार्यक्रममा नै काठमाडौंमा महत्वपूर्ण स्थलमा फ्री वाइफाई जोन बनाउन दुई करोड रुपैयाँ विनियोजित गरेको छ ।
महानगरपालिकाले पहिलो चरणमा फ्री वाइफाई जडान गर्ने स्थलको प्रारम्भिक टुंगो लगाएको छ । आजको नागरिक(काष्ठमण्डप)मा खबर छ ।
जसअनुसार, हनुमानढोका, दरबार परिसर, पशुपति क्षेत्र, स्वयम्भू चैत्य, बौद्धनाथ स्तुपा, बालाजु पार्क र शंखपार्कलाई फ्री वाइफाई जोन बनाउने योजना अघि सारेको छ ।
‘पर्यटकले घुम्नेबित्तिकै फोटो तथा भिडियो अपलोड गर्न सहज होस् भनेर नै इनटरनेट सेवा जडान गरेका हौं ।’-ज्ञानेन्द्र कार्की, प्रवक्ता, काठमाडौं महानगरपालिका
साथै सरकारले सिंहदरबार क्षेत्र, पद्मकन्या क्याम्पस र सञ्चारग्राममा निःशुल्क ब्रोडब्यान्ड ईन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । सो क्षेत्रमा आगामी २ वर्षसम्मका लागि निःशुल्क ईन्टरनेट उपलब्ध गराउने गरी सरकारी योजना अगाडि बढाएको छ ।
सिंहदरबार क्षेत्र र पद्मकन्या क्याम्पस क्षेत्र र सिनामंगलको सञ्चारग्राम क्षेत्रमा ब्रोडब्यान्ड इन्टरनेट कनेक्टिभिटी उपलब्ध गराउन प्रक्रिया अगाडि बढिसकेको नेपाल दुरसञ्चार प्राधिकरणले जनाएको खवर आजको नागरिक दैनिकले छापेको छ ।
‘सो क्षेत्रमा बोर्डब्याण्ड इन्टरनेट कनेक्टिभिटी उपलब्ध गराउन प्रक्रिया अगाडि बढेको छ,’ प्राधिकरणका प्रवक्ता मीनप्रसाद आचार्यले भने,‘ सो क्षेत्रमा नेटवर्क विस्तारका लागि इच्छुक कम्पनीबाट आवेदन मागिएको छ ।’
प्राधिकरणले उक्त स्थानमा ब्रोडब्याण्ड इन्टरनेट नेटववर्क बिस्ताका लागि इच्छुक कम्पनीले २ असोजसम्म आवेदन दिनसक्ने गरी ४ भदौमा सूचना निकालेको छ ।
No comments:
Post a Comment