Thursday, August 31, 2017

अज्ञात यूवकको शव फेला - बुधबार रातिको वर्षासँगै भीएस निकेतन स्कुलनजिकै तिनकुनेको बागमती किनारमा यूवकको लाश फेला

काठमाडौं । काठमाडौंको तीनकुनेस्थित भीएस निकेतन स्कुलनजिकै बागमती किनारमा एक युवकको शव फेला परेको छ । अन्दाजी ३५ वर्षीय युवकको शव बागमती किनारमा देखिएपछि प्रहरीले उद्धार गरी अनुसन्धान थालेको छ ।

बुधबार राति परेको भीषण वर्षाका कारण बागमती नदी किनारमा ती युवकलाई बगाएर ल्याएको थियो । ती युवकको मृत्युको कारण भने खुल्न सकेको छैन ।

बुधबार रातिको वर्षाका कारण नख्खु खोला एरियाका केही घर डुबानमा परेका छन् । काठमाडौंको बाफल एरियाका तल्लो क्षेत्रमा पनि पानी पसेको छ । ज्ञानोदय स्कुलको मैदानमा र तल्लो तलामा पानी पसेपछि स्कुल बन्द गरिएको छ । नेपालएक्सपेरेसबाट

1 comment:

  1. JackpotCity Casino - Mapyro
    JackpotCity is the gambling hub of 하남 출장안마 Las Vegas, the city for gamblers and 남원 출장안마 casino enthusiasts. Enjoy 영천 출장마사지 the excitement of 광명 출장마사지 a Las Vegas casino with 남원 출장마사지 world-class

    ReplyDelete