स्थानिय तह निर्वाचनको विरोधमा उत्रिएको राष्ट्रिय जनता पार्टीले आज मुलुकका विभिन्न स्थानमा बन्द आव्हान गरेको छ ।
आफना माग पुरा नभएको भन्दै आन्दोलन घोषणा गरेको राजपाले आज तराइ मधेस र पूर्वका पहाडी जिल्लामा बन्द आव्हान गरेको छ । बन्दका कारण तराईका जिल्लामा जनजीवन प्रभावित बनेको छ । तराइ क्षेत्रमा बजार पसल, शैक्षिक संस्था, लामो तथा छोटो दुरीका सवारीसाधन विहानैदेखि बन्द रहेको हाम्रा सहकर्मीहरुले जनाएका छन् । राजपाले संविधान संशोधन, जनसंख्याका आधारमा स्थानीय तहको संख्या निर्धारण, आन्दोलनका क्रममा कार्यकर्तामाथि लागेका मुद्दा फिर्ता लगायतका माग राखेको छ ।
सहमतिको संकेत नदेखेपछि आन्दोलन सशक्त बनाउन लागेको सो पार्टीका नेता अनिल कुमार झाले बताउनुभयो । राजपाले दोस्रो चरणको स्थानीय तह निर्वाचन बिथोल्ने उदेश्य सहित आमहडताल सहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
No comments:
Post a Comment