Breaking

Sunday, May 28, 2017

मुख धुँदा के के कुराहरुमा ध्यान दिनुपर्छ जानौं र अरुलाई पनि सिकाउँ


भनिन्छ अनुसार आत्माको ऐना हो । हाम्रो मनमा घटेका कुराहरुलाई मुखले नभनिकन नी अनुहारबाट ऐना सरी छर्लङ्ग बुझ्न सकिने हुन्छ । साथै अनुहारलाई सौन्दर्यको दृष्टिकोणले पनि धेरै महत्वकासाथ लिने गरिन्छ । विशेषतः महिलावर्ग तथा युवा युवतीहरुले आफ्नो अनुहारलाई राम्रो तथा आकर्षक बनाउनको लागि विभिन्‍न बजारमा उपलब्ध सौन्दर्य साधनहरु प्रयोग गर्ने गर्दछन् । तर सबै सौन्दर्यका सामग्रीहरु अनुहार मैत्री नहुन सक्छ । तसर्थ साधारण रेखदेश तथा सावधानी पूर्वक अनुहार सफा गर्दा पनि अनुहारमा प्राकृतिक तेज ल्याउन सकिने कुरामा कुनै दुई मत छैन ।

यि हुन् महत्वपूर्ण ध्यान दिनु पर्ने कुराहरु मुख धुँदा

१) ध्यान दिनुस्– जव अनुहार धुनु हुन्छ त्यतिबेला हल्का मनतातो पानी प्रयोग गर्नु सबैभन्दा उत्तम मानिन्छ ।
२) अनुहार चाहिने भन्दा बढी नधुनुस् । यसो गर्दा अनुहारको त्वचामा असर गर्छ ।
३) अनुहार सफा गरेपछि मुलायम रुमालले पुछ्नुस् । अनुहारमा धेरै रगड्नु घातक हुन सक्छ ।
४) अनुहारमा असर गर्ने उत्पादन जतिसुकै आकर्षक भएपनि प्रयोग नगर्नुस् ।
५) फेस वाश वा सावुन अनुहारमा धेरै बेर सम्म नरगड्नुस् ।
६) अनुहारमा मसाज गर्नु पनि राम्रो मानिन्छ । तर यसका लागि आफूलाई मिल्दो तेल मात्र प्रयोग गर्नुस् ।
७) अनुहार सफा गर्दा हतार नगर्नुस् । सँधै राम्रोसँग अनुहार सफा गर्नुहोस् ।
८) अनुहार सफा गरेपछि त्वचा सुख्खा नहोस् भन्नका लागि मोइस्चराइजिङ क्रिम लगाउनुस् ।
९) अनुहारमा लगाउने कुनै पनि उत्पादन किन्दा आफ्नो छालाको प्रकृति अनुसार विचार गरेर मात्र किन्नुस् ।
१०) अनुहारलाई हानी गर्ने क्लिनरको प्रयोग कहिल्यै पनि नगर्नुस् ।

No comments:

Post a Comment