मानिसको स्वास्थ्य, धन, पारिवारिक सम्बन्ध आदि बिगार्ने कारण धेरै हुन्छन् । तीमध्ये धेरेजसो दिशा तथा वास्तु दोषसम्बन्धी कारण हुने गर्छन् । घरको दिशा पत्ता लगाउन एउटा कम्पास लिएर घरको केन्द्रमा उभिनुपर्छ । घरको मुख्य ढोका घरको महत्त्वपूर्ण भाग हो, जसले ऊर्जाको सञ्चार गराउँछ । दक्षिण–पश्चिमबाट खुल्ने ढोका भएको घर कहिल्यै नकिन्नुहोस् । यस्तो ढोका भएको घरमा खराब ऊर्जा पस्छ । सो कारण पारिवारिक सदस्यमा मनमुटाव ल्याउँछ । यदि तपाईंको घर यस्तै डिजाइनको छ भने ढोकाबाहिर हनुमानको चित्र भएको टायल लगाउनु राम्रो मानिन्छ । घरमा सकारात्मकता बढाउने केही उपाय यहाँ प्रस्तुत गरिएको छ ।
मूलढोका
घरको मूलढोकालाई घरको मुख मानिन्छ, जसले घरमा ऊर्जा ल्याउँछ । दक्षिण–पश्चिमबाट खुल्ने ढोका भएको घर बसोबासका लागि उपयुक्त मानिदैन । यस्तो ढोकाबाट घरमा नराम्रो ऊर्जा प्रवेश गर्छ । खराब ऊर्जाले घरमा दुर्भाग्य ल्याउँछ ।
मन्दिर
घरमा मन्दिर पूर्व–उत्तर दिशामा राख्नुपर्छ । यसले तपाईंको घरमा खुशी ल्याउन मद्दत गर्छ । प्रार्थना गर्दा तपाईंको मुख पूर्व दिशातर्फ फर्केको हुनुपर्छ ।
भान्साकोठा या घर
भान्साघर समृृद्धिको प्रतीक मानिन्छ र यसलाई दक्षिण–पूर्वमा बनाउनुपर्छ । उत्तर तथा उत्तर–पूर्वमा बनाइएको भान्साघरले आर्थिक तथा स्वास्थ्यसम्बन्धी समस्या ल्याउँछ । यदि उत्तर तथा उत्तरपूर्वमा भान्साघर छ भने काँसका तीनओटा कचौरा झुण्ड्याउनुपर्छ । तर, चुल्होको नजिक भने राख्नु हुँदैन ।
मुख्य बेडरुम
मुख्य बेडरुम घरको दक्षिण–पश्चिममा हुनुपर्छ । दक्षिण वा पश्चिममा सिरानी गरेर सुत्नु फाइदाजनक हुन्छ । घरमा कमाउने सदस्य पनि उत्तरपूर्व दिशामा सुत्नु हुँदैन । बाथरुम बाथरुम पश्चिम या दक्षिण दिशामा हुनु उत्तम हुन्छ । यसलाई कहिल्यै पनि उत्तर वा पूर्व दिशामा बनाउनु हुँदैन । अन्यथा आर्थिक, स्वास्थ्य तथा शिक्षासम्बन्धी समस्या पैदा हुन्छ ।
घरको मध्य भाग
घरको केन्द्र भाग घरको नाक हुन्छ, जहाँबाट तपाईंको घरले श्वास लिन्छ । यो खुला हुनुपर्छ र यहाँ अनावश्यक वस्तु राख्नु हँुदैन । केन्द्रमा रहेको भित्ताले पेटसम्बन्धी तथा आर्थिक समस्या ल्याउँछ । यस्तो भित्तामा नीलो रङको बल्ब लगाउनुपर्छ । साथै, यसलाई चौबीसै घण्टा बालिरहनु राम्रो हुन्छ ।
घर चर्किनु वा फाट्नु
घरको कुनै पनि भाग चर्केको छ भने त्यसले घरलाई शक्तिहीन बनाइदिन्छ । मुख्य गरेर दक्षिण–पश्चिम, उत्तर, उत्तरपूर्व तथा दक्षिण–पूर्वमा चर्केको छ भने त्यसले गम्भीर समस्या निम्त्याउँछ । यी दिशामा चर्केको घरमा विभिन्न समस्या आउने गर्छ ।
ध्यान दिनुपर्ने अन्य कुरा
घरको सजावटका लागि चम्किलो रातो तथा बैजनी रङ लगाउनु हुँदैन । यदि यस्तो रङ लगाउनुभएको छ भने यसले घरमा रुग्ण ऊर्जा बढाउँछ ।
No comments:
Post a Comment