मेगा बैंककी सीईओ रवीना देशराजले “दुई श्रीमतीलाई सहज ठान्ने समाज किन दुई श्रीमान राख्न दिंदैन ? म दुईटा श्रीमान राख्छु भन्छु, मान्छ त समाज ?” भनेर प्रश्न राखेर यतिखेर चर्चामा छिन्, केहि समय अघि पनि रवीनाले बिकिनीमा आफ्नो तस्वीर सार्वजनिक गरेर निकै चर्चा कमाएकी रहिछिन् ! समाज सुहाउँदो क्रियाकलापको सट्टा समाज विरोधी कार्य गर्दा वाहवाही पाइन्छ, चर्चित भइन्छ भनेर नै नेपाली समाजमा अर्चना पनेरु, ज्योति मगर, सरस्वती लामिछानेजस्ता पात्रहरु सल्बलाउन थालेको हो ।
रवीना देशमुखले समाज र देशलाई चिनेकै रहीनछिन्, हाम्रो समाजमा एउटा श्रीमती हुंदाहुँदै, अर्को श्रीमती ल्याउने पुरुषलाई छूट दिएको छैन, समाजले मात्र होइन क़ानूनले पनि त्यसो गर्नेलाई छूट दिएको छैन ।
श्रीमती हुंदाहुँदै कुनै पुरुषले श्रीमती ल्याउँदा समाजले खादा ओढाई, माला पहिर्याएर कतै स्वागत गरेको पाइनन् । प्राकृतिक हरेक प्राणीमा असल र खराब गुण हुने गर्दछ । हरेक समाजमा असल र खराब वर्ग हुन्छन् । के त्यसो भन्दैमा हामीले खराब, कुरीति र विसंगतिपूर्ण क्रियाकलापलाई अंगीकार गर्ने त रबीना ज्यू ?
केहि खराब पुरुषले चुरोट रक्सी खाए, वेश्यालय धाए, दुईटा विहे गरे भन्दैमा त्यसको प्रतिकार स्वरूप महिलाले पनि त्यस्तै नराम्रो काम गर्नै पर्ने ? महिलाले पनि दुई चार वटा विहे गर्नै पर्ने ?
खराब पुरुष मात्र त पक्कै छैनन् नि रबीना ज्यू कतिपय महिलाले पनि दुई चारवटा लोग्ने फेरेकै छन्, अफ्नो लालाबाला र श्रीमान हुंदाहुँदै परपुरुषसंग अनेक सम्बन्ध राखेकै छन् । व्यक्तिगत रुपमा त्यसो गर्ने महिला र पुरुषलाई स्वतन्त्रता होला तर नेपाली समाज, नेपाली संस्कृति र नेपाली कानुनले तिनिहरुलाई त्यसो गर्ने छूट कहिल्यै दिंदैन ।
पश्चिमी मानव सभ्यता र पूर्वीय पशु सभ्यता उस्तै छ । त्यहाँका महिला र पुरुषले चाहेजति ओच्छयान् पार्टनर फेर्न सहज मान्छन् भने पूर्वीय सभ्यताका कुकुर र पशुहरुले सेक्स पार्टनर फेर्न कुनै अवरोध छैन । तपाईंले कुन रोज्ने ? सर्वाधिकार तपाईंमा निहित छ तर समाजले प्रमाणपत्र प्रदान गर्दैन ।
- सिर्जना वाग्ले
No comments:
Post a Comment