काठमाडौं, १९ भदौ । प्रहरीले काठमाडौं क्षेत्रपाटीबाट ८८ किलो अवैध सुन बरामद गरेको छ । जुन अहिलेसम्मकै सबैभन्दा ठूलो परिमाण भएको प्रहरीले जनाएको छ ।
प्रहरीले विशेष सुराकीका आधारमा ८ किलो सुनसहित गाडी चालक मनोज अधिकारीलाई समेत नियन्त्रणमा लिएको छ । केरुङबाट काठमाडौँ ल्याउँदै गरेको ८ किलो सुन बरामद गरिएको हो । महानगरीय प्रहरी कार्यालयका आयुक्त प्रहरी अतिरिक्त महानिरीक्षक जयबहादुर चन्दका अनुसार क्षेत्रपाटीबाट बरामद गरिएको उक्त सुन अहिलेसम्मकै बढी हो । बरामद भएको सुनको मूल्यक करिब ४३ करोड भएको प्रहरीले जनाएको छ ।
क्षेत्रपाटीमा पार्किङ गरिएको टाटाको स्ट्रोङ नामक गाडीमा सुन भेटिएको हो । प्रहरीले गाडीमा सुन भएको सूचना तीन दिन अघि नै पाएको र अाइतबार रातभर रेक्कीपछि सोमबार बिहान बरामद गरेको जनाएको छ ।
सोमबार बिहान बरामद सुन र गाडी चालक अधिकारीलाई सार्वजनिक गर्दै प्रहरीले मुख्य तस्कर चाइनिज नागरिक फरार रहेका बताएकाे छ । मेडियाएनपीबाट
No comments:
Post a Comment