Breaking

Thursday, August 3, 2017

अब एकल पुरुषलाई पनि भत्ता दिने निर्णयः नयाँ नेपालको नयाँ निर्णय

हिमाली जिल्ला ताप्लेजुङको फुङलिङ नगरपालिकाले ६० वर्ष कटेका एकल पुरुषलाई भत्ता दिने निर्णय गरेको छ । यस्तै नगरभित्रका सुत्केरीलाई प्रोत्साहन स्वरुप ५ सय रुपैयाँ भत्ता दिने निर्णय पनि गरेको छ ।

नगरसभाको बैठकले नगरभित्रका असहाय, गरिब तथा सरकारी साथै अन्य कुनै सेवा नलिएका ६० वर्ष नाघेका एकल पुरुषलाई भत्ताको व्यवस्था गर्ने निर्णय गरेको हो ।

तर कति भत्ता दिने भन्ने बारेमा निर्णय भइनसकेको नगरका प्रवक्ता मोहन न्यौपानेले बताउनुभयो । नगरभित्रका सुत्केरीलाई पनि सरकारले दिँदै आएको भत्तामा ५ सय थपिदिने नगरसभाको बैठकले निर्णय गरेको छ ।

आधिकारिक स्वास्थ्य संस्थामा गएर सुत्केरी गराएका नगरभित्रका महिलालाई भत्ताको व्यवस्था गरेको प्रबक्ता न्यौपानेले बताउनुभयो ।

No comments:

Post a Comment