Tuesday, July 25, 2017

विशेषतः तराईमा पाइने विषालु सर्पले गरे पहाडमा आक्रमण - यसरी पुग्‍ने गर्दो रहेछ सर्पहरु पहाडी क्षेत्रमा

सर्पले डसेपछि झापाको चारआलीस्थित सर्पदंश उपचार केन्द्र पुर्याइएका इलाम देउमाई नगरपालिका ४ का गंगाराईको उपचार गर्दागर्दै आइतबार बिहान ज्यान गयो ।

गर्मी ठाउँमा पाइने सर्पहरु पहाडमा पनि

उपचारका क्रममा आएका सबरामीको अनुसान्धानका क्रममा पहाडी क्षेत्रमा पनि तराइका जिल्लाहरुमा पाइने करेत जातका सर्प पाइएको जनाइएको खबर राष्ट्रिय दैनिक गोरखापत्रमा छ ।


यस्ता तराई क्षेत्रमा पाइने करेत जातका सर्पलाई केन्द्रले हिमालय करेत भन्ने गरेको उपचारका क्रममा केन्द्र पुगेकाहरुको भनाइ छ ।

झापाका विभिन्न स्थानबाट ट्रकबाट ढुवानी गरी ल्याइने खानेपानीका पाइप, धानको बोरा, पराल आदिबाट गर्मी क्षेत्रमा पाइने गरेका विषालु सर्पहरु पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङसम्म पुग्ने गरेको अनुमान जानकारहरुको छ ।

No comments:

Post a Comment