Breaking

Wednesday, July 12, 2017

कर्मचारी भर्ना र बढुवा एक वर्ष रोक्का गरी कर्मचारी समायोजन सम्बन्धी कर्मचारी समायोजन ऐन, २०७४ जारी


सरकारले सरकारी सेवामा कार्यरत कर्मचारीहरुको पदपूर्ति र बढुवा एक वर्ष रोक्ने भएको छ । सरकारले कर्मचारी संघ, प्रदेश र स्थानीय तहमा समायोजनका क्रममा एक वर्ष नयाँ भर्ना र बढुवालाई रोक्ने नीति लिएको हो ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाले कर्मचारी समायोजनलाई सहज र व्यवस्थित गर्न तथा कर्मचारीको फ्रिक्वेन्ट्ली आवतजावतलाई व्यवस्थित बनाउन यस्तो नीति लिएको बताएको राजधानी दैनिकले लेखेको छ ।

व्यवस्थापिका संसदमा प्रस्तु भएको कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा ऐन प्रारम्भ भएको मितिले एक वर्ष सरकारी सेवाको रिक्त पदमा खुला वा बढुवाद्वारा पदपूर्ति नगरिने उल्लेख छ ।


साथै,
कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक - " कर्मचारी समायोजन ऐन, २०७४" यहाँ बाट Download गर्न सकिन्छ । कर्मचारी समायोजन ऐन, २०७४

No comments:

Post a Comment