२०७४ साल
मेष :
अडैया शनिले जेष्ठ ६ गते देखी मंसिर १ गते सम्म झुटा आरोप,द्रब्य नाश, कार्यमा अवरोध पैदा गदै मानसिक तनाव बृद्धि गराउने छ । त्यस पछि अडैया शनी देखाइनै रहेको छ । योग तथा शोक बृद्धि गराउछ । राहुले पनि मेष राशीलाई त्यती राम्रो फल दिएको देखिदैन । विध्याअध्ययनमा अवरोध मुद्धामामिला मा धन खर्च दृष्ट बिपरित लिङ्गि संग संगत, सन्तान तथा कुटुम्वसंग वियोग । गरु(बृहस्पती) ले पनि असोज ६ गते सम्म नकरात्मक पल दिदा अग्नि चोर तथा राज्य बाट धोका शत्रु रोग बाट पिडा हुनेछ भने असोज ७ गते बाट गुरुले अन्य ग्हहको नकरात्मक दोषलाई कमि गराउदै नविन रोजगार व्यापार व्यवसायमा प्रगती प्रेम वार्तालाभ वार्तालाभ तथा मंगलिक कार्य हरुमा सहभागिता जनाउदै आर्थिक संबृद्धि पति बृद्धि गराउने छ । यो राशिका लागि यो साल अशुभ महीना चैत्र श्रावण मंसिर शुभ महिन आषाढ असोज फगुन
वृष :
यो राशिलाई जेष्ठ ७ देखी मंसिर १ गते सम्म अडैया शनि दशा को प्रभापका कारण कार्यमा अवरोध सन्नत प्रम मित्रमा हानि रहनेछ राहुले पनि श्रावण २१ सम्म निकटतम व्यक्तिसंग वैरभाव तथा शोक बृद्धि गराउछ तयसपछि भने राहुले शुभ फल प्रदान गर्दा शत्रुनाश कठिन कार्यमा सफलता सगै धन लाभको बाटाहरु प्रसस्तै बद्धि गराउछ । बृहस्पती ग्रहले भने असोज ६ गते सम्म सुख बृद्धि सन्नत तथा पद प्रप्ती मान्यजन संग सम्वन्ध विस्तार गराउने छ । असोज ७ देखी माघ २७ सम्म भने स्त्री, सन्तान र कुटुम्व संग विवाद रहेता पनि बाकि दिनहरुमा पुरै वर्ष बृहस्पती शुभ देखिन्छ अशुभ महिना बैसाक भाद्र पौष शुभ महिना श्रावण कार्तिक र चैत्र
मिथुन :
बृहस्पती असोज ६ देखी माघ २७ सम्म बृहस्पती को सकारात्मक प्रभापले मान पद विध्या तथा सन्तान प्राप्ती तथा धन द्रब्य लाभ रहने छ । बाकी समय गुरु प्रतिकुल रहनाले धनमान प्रतिष्ठमा कमी अग्नि चोर को भय तथा अपमान बृद्धि गराउछ । शनी ः जेष्ठ ६ देखी कार्तिक को अन्त सम्म शनी छैठो रहनाले गृह निर्माणको योग रहने छ कुटुम्व तथा स्त्रि गण देखी सहयोग प्राप्ती होला शरिर आरोग्य रहने तथा धन बृद्धिको अवसरहरु प्रसस्थ खुलिरहने छन र शत्रु पनि मित्रमा परिणत हुन्छन् भने जेठ ६ सम्म र मंसिर पछि शनि प्रतिकुल फल प्रदान गर्नेछन् । चोटपटकको भय, मानसिक चिन्ता, स्त्रीबाट जिवनसाथी संग बिछोड,विवाद वा रोगको भए । यात्राबाट कष्ट लाभ होला । श्रावण २१ सम्म राहुले शुभफल प्रदान गर्ने छ । सुख साधन धन बृद्धि गराउने योग रहेको छ । श्रावण २५ गते देखि बोलिको प्रभाव घटने र संचित धन नाश हुने योग देखिन्छ । बर्ष भरिमा जेठ,असोज र माघ महिना अशुभ बैशाख, भाद्र र मंसिर महिना शुभ छन् ।
कर्कट :
तृतिय र चतुर्थ बृहस्पति माघ २६ सम्म मनमा असान्ती, आफन्तमा बैरभाव, रोजगारमा झंझट, स्थानान्तरण तथा पिता वन्धु बान्धवमा पिडा । माघ २७ देखि गुरुको जल सकारात्मक रहने छ । । पद प्राप्ति, सन्तान, अध्ययन अध्यापनमा सफलता, धन आगमन र सन्तोष प्राप्तिहोला । शनि ः जेठ ६ सम्म र मंसिर १ गते देखि पुरै बर्ष छैठो शनि रहेकाले शरिरमा आरोग्यता लाभ,सत्रु परास्त रहने,मनग्य धन तथा सुख बृद्धि रहने, जग्गा जमिन गृह निर्माणको पनि योग देखिन्छ भने बाकि बर्षका दिनमा शनि मुद्धामामिला तथा दुष्ट विपरित लिङ्गीसंग संगत,पुत्र पिडा,बिद्या अध्ययनमा अवरोध पैदा भइ राहुले बर्ष भरिनै धनहानी र मानसिक तनाव पैदा गर्नेछ । शुभ महिना असोज पौष जेठ अशुभ महिना कार्तिक फागुण आषाण
सिंह :
शनिदेव जेठ ६ गते देखि मंसिर १ गते सम्म उडैयाशनि चतुर्थ रहनाले शत्रु, रोग बृद्धि,घरायसी तनाव बृद्धि, स्थान परिवर्तन साथै धन हानि गराउला । त्यसपछि पुरै बर्ष पंचम भावमा रहेर पनि सन्तानवाट पिडा साथै कार्यमा असफलता प्रदान गर्ने छ । गुरुः असोज गते सम्म धन तथा सुखबृद्धि, पुष्यादिकार्यमा रुचि,मान प्रतिष्ठामा बृद्धि गराउने र बाँकि बर्षभरि शारिरक पिडा,पितालाई कष्ट, स्थान च्यूत, आफन्त संग कलह, स्थानान्तर, तथा धन हानि रहने छ । राहुः पुरै बर्ष धनहानि तथा रोग बृद्धि हुने छ साथै बोलिको प्रभाव गिराउने देखिन्छ । शुभ महिना ः आषाढ,कार्तिक, माघ । अशुभ महिना ः श्रावण, मंसिर चैत्र
कन्या :
गुरुअसोज देखि माघ सम्म तृतिया स्थानमा रहेर मान पद प्रतिष्ठामा बृद्धि, सामाजिक रुपमा ख्याति प्रष्ठिा बृद्धि, धन तथा सुख सुबिधामा बृद्धि गराउने छ । भने बाकि महिनाहरुमा राज्य, कुटुम्ब , रोजगारबाट तनाब बृद्धि शारिरक तथा मानसिक रोग बृद्धि साथै पतिालाई कष्ट प्रदान गर्ने छ । शनि ः बर्षको प्रारम्भ देखि जेठ ६ गते सम्म र र्मसिर देखि पुरै बषै अढैया शनि ( चतुर्थ शनी) धनु राशिमा रहेकोले झुटा आरोप, सत्रु बृद्धि, प्रेमि वा जिवन साथस् संग बियोग, पेटको विकार र घरायसि जग्गा जसमनमा किचलो बृद्धि गरनृछ भने बाकि महिना तथा दिनहरुमा कार्यमा सफलता, आरोग्य लाभ,कार्यमा पूर्णता प्रदान गर्ने छ । नोकरी तथा धन लाभको योग पनि देखिन्छ । राहु ः श्रावण २१ सम्म खर्च तथा चोट पटकको भय गराउने त्यसपछि पुरै बर्ष धन लाभ, कार्यमा सफलता मिल्ने देखिन्छ ।
तुला :
यो बर्ष जेठ ६ देखि मंसिर १ गते सम्म रहेको शनि अडैया दशाले चोट पटकको भय, आफन्त संग बैर भाव बृद्धि तथा आर्थिक संकट उत्पन्न गराएतापनि बर्षको प्रारम्भ बैशाख र र्मसिर देखि सम्पूर्ण कार्यमा सफलता, धन दृश्य लाभ तथा नविन कार्यहरुमा पूर्णता र नोकरी प्राप्ति गराउँद । गुरु बाह्रौ तथा लग्नमा माघ २७ सम्म रहनाले धार्मीक काई वा सुभ स्थानमा धन खर्च, स्थानान्तरण, मान हानि साथै आर्थिक अभाव रहेको छ भने माघ २७ पछि धन द्रव्यादि बस्तु लाभ, बोलिको प्रभाव वृद्धि सम्पूर्ण कार्य सहजै सफल रहने छ । राहु पुरै बर्ष सकारात्मक रहेकाले कर्म क्षेत्रमा सफलता , आय आर्जनमा बृद्धि हुने छ । सुभ महिना ः भाद्र, पौष, चैत्र । असुभ महिना ः माघ,जेठ, असोज ।
वृश्चिक :
यो बर्ष यस राशीलाई मध्य र अन्य साढेसाती शनिले धनद्रयको कमि झुटा आरोप, शरिरमा आलस्यता, शारिरक तथा मानसिम पडिा पुरै बर्ष भरि गराउने छ । बृहस्पति असोज सम्म अनुकुल रहेकाले आय आर्जनमा बृद्धि नविन कार्य क्षेत्र विस्तार मान, पद प्रतिष्ठा बृद्धि गराउछ । भने अशोज ६ विश्वास पात्र बाट धोका मुद्धामामिला, धन द्रव्यको क्षति गराउने छ । साहलेु श्रावण २१ सम्म बैर भाब वृद्धि गराएपनि आर्थिक कमजोरी हटाउँने नै छ । बाँकि महिना हरुमा भने कार्यक्षेत्रमा झन्झट र पापकर्ममा केन्द्रित हुने देखिन्छ । शुभ महिना ः बैशाख, असोज, माघ अशुभ महिना ः आषाढ,कातिएक,फागुन ।
धनु :
यो बर्षको मध्य र अन्त्यमा साढेसाति शनि रहेकाले कार्यमा अवरोध, मनमा अशान्ति,खर्चको वृद्धि, तथा शारिरक मानसिक पिडा तथा झैझगडा भइ तनाव उत्पन्न गराउने छ । बृहस्पति ग्रह माघ २७ सम्म कर्म तथा तथा आयभावमा रहेकाले धन प्रतिष्ठामा कमीहुन दिने छैन् । धामीृक तथा मांगलिक कार्य सम्पन्न तथा नविन मान पद प्राप्ति गराउने छ । माघ २८ पछि बाकि महिना विश्वास पात्रबाट धोका होला । राहु भाग्य तथा अष्टम भावमा रहेर धनहानि तथा गलत विचार उत्पन्न भइ पापकर्ममा प्रेरित गराउन बष भरिनै तत्पर रहनेछ । शुभ महिना ः जेष्ठ, कार्तिक, फागुन । अशुभ महिना ः श्रावण,चैत्र
मकर :
जेठ ६ सम्म आध्य साँढेसातिको प्रभावले लामो यात्रा खर्च बृद्धि कार्यमा परेसानी उत्पन्न शरिरमा रोग सत्रुको भय गराउछ भने जेष्ठ ७ देखि कार्तिकको अन्त सम्म भने आकस्मिक लाभ रोग बाट मुक्ति सन्तान स्त्रिबाट सन्तुष्टि प्राप्ती होला । बृह्स्पति भाग्य कर्म तथा आय भावमा रहेर पुरै बर्ष शुभफल प्रदान गर्नेछन् । प्रेम वार्तालाप पुत्र तथा नविन गृह लाभ,धन मान पद प्रतिष्ठामा बृद्धि कार्यमा पूर्णता जिवनलाई सफल बनाउन प्रयत्नशिल नै रहने छ । राहु पुरै बर्ष विपरित रहेकाले रोजगार तथा दाम्पत्य जीवनमा खटपट पैदा गर्ने र आफुलाई पिडा गराउन तत्पर देखिन्छ । शुभ महिना ः आषाढ,मंसिर,चैत्र अशुभ महिना ः बैशाख,भाद्र पौष
कुम्भ :
बर्ष भरिनै शनि भाग्य तथा आय भावमा रहने छ । कर्म भावमा जेष्ठ ६ देखि कार्तिकको अन्तसम्म रहने छ । नोकरी तथा रोजगारीमा बाधा तथा पिता लाई कष्ट र आफुलाई हृदउ रोग बृद्धि गराउने छ । भने बाकि महिनादिनहरुमा शनि एकादश स्थानमा रहेर प्रशस्तै धन लाभ रोग बाट मुक्ति, स्त्रि सन्तानबाट सुख प्राप्ति तथा उच्च पद प्राप्ति होला । गुरु अशोज ६ सम्म आठौँ रहनाले रोग,चोर तथा अग्निको भय रहला,बोलिमा कठोर आउला,गुप्ताङका रोगको भय रहला भने बाकि बर्षकादिनहरु भने बृहस्पतीले पूर्ण रुपमा भाग्य उदय गराउदै धन, मान, पद, प्रतिष्ठा बृद्धि गर्ने छ । राहु श्रावण २१ सम्म कलह पैदा गर्दै प्रेम तथा दाम्पत्य जीवन लाई पिडा दिनेछ भने श्रावण २२ पछ पुरै बर्ष धनलाभका बाटा खुलाउदै सत्रुनाश गराउने प्रयत्नमा सफलता प्रदान गर्ने छ । शुभ महिना ः बैशाख,श्रावण, पौष अशुभ महिना ः जेठ,अशोज,माघ
मीन :
भाग्य तथा कर्म क्षेत्रमा बर्ष भर रहेका शनिको प्रभावले यदि आफ्नो कुण्डलीमा शनि शुभ छ भने पूर्ण रुपमा सम्पन्न शाली बनाई दिनेछ । अशुभ छ भने रोजागार व्यावसायबाट पिडा पिता तथा आफूलाई सर्वत्रतिर वाट दुःख पैदा गराउदै छ । गुरु पूर्ण रुपमा कार्यमा सफलता अरोग्यता बु्ृद्धि, बौदिक क्षमतामा बुद्धि गराउदै आर्थिक रुपमा नि सम्पन्न शाली बनाउन तत्पर देखिन्छ मांगलिक कार्यमा रुची बडाउने पनि देखिन्छ तर असोज देखि माघसम्म विपरित फल प्रदान गर्नेछिन भने राहु श्रावण ६ सम्म शत्रुनाश धनलाभ तथा सुख प्रदान गर्ने छन भने श्रावण ७ देखी विध्या तथा सन्तान बाट कष्ठ प्रदान गर्नेछन । शुभ महिना ः जेष्ठ, भाद्र माघ अशुभ महिना ः आषाढ , कार्तिक, फागुण
No comments:
Post a Comment