मतगणना रोकिएको छ दिनपछि सहमतिका आधारमा पुनःमतगणना भएको चाँगुनारायण नगरपालिकाका दुई वडामा नेकपा(एमाले)को समूह विजयी भएको छ । आज बिहान सार्वजनिक भएको मतपरिणामानुसार चाँगुनारायण–४ मा बुद्धलाल महर्जनको समूह विजयी भएको छ । महर्जनले एक हजार २६९ उहाँका निकटतम प्रद्विन्द्वी नेपाली काँग्रेसका गोपाल पोखरेलले ८९९ मत प्राप्त गर्नुभएको छ ।
विजयी हुने महिला सदस्यमा सपना तामाङ, दलित महिला सदस्य राममाया मिजार तथा खुला सदस्यमा रोजबहादुर तामाङ र दिनेश खनाल हुनुहुन्छ । चाँगुनारायण–३ मा एमालेका श्यामसुन्दर धिमालको समूह विजयी भएको छ । महिला सदस्यमा रमा थापा, दलित महिला सदस्यमा सुष्मा सुनार तथा सदस्यमा नवराज गेलाल र प्रेमबहादुर बाखु विजयी हुनुभएको छ ।
नगरप्रमुखमा एमालेका उम्मेदवार सोम मिश्रले अग्रता लिनुभएको छ । मिश्रले तीन हजार ७१४ मतले अग्रता लिनुभएको छ भने काँग्रेसका राजाराम खड्काले तीन हजार ३६६ मतले पछ्याइरहनु भएको छ ।
त्यसैगरी उपप्रमुखमा भने काँग्रेसकी सरु बानियाँले तीन हजार ८६० मतले अग्रता लिनुभएको छ भने एमालेकी विना बास्तोलाले तीन हजार ८२४ मतले पछ्याइ रहनुभएको छ । मतगणना जारी छ ।
यसअघि वडा नं ३ र ४ को मतगणनाका क्रममा गणक कर्मचारीले काँग्रेस र नेमकिपाको मत एमालेको उम्मेदवारका नाममा जोडेर धाँधली गरेको भन्दै एमालेबाहेकका दलले छ दिनसम्म मतगणना रोकेका थिए ।
छ दिनपछि पुराना कर्मचारी सबैलाई हटाएर नयाँ कर्मचारी राखी पुनःमतगणना सुरु भएपछि भने एमालेबाहेकका दलको आरोप झुटो भएको र उल्टै दुवै वडामा एमालेका उम्मेदवारको मत बढेको एमालेका नेता श्रीभक्त कासिछ्वाले जानकारी दिनुभयो ।
चाँगुनारायण नगरपालिकाका वडा नं ५ मा एक वडा सदस्यबाहेक नेपाली काँग्रेसको समूह विजयी भएको छ । आज बिहान सार्वजनिक भएको मतपरिणामअनुसार चाँगुनारायण वडा नं ५ को वडाध्यक्षमा जयन्द खड्का विजयी हुनुभएको छ । खड्काले एक हजार ६४८ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल मजदुर किसान पार्टीका मीनबहादुर बाटाले एक हजार ३२९ मत प्राप्त गर्नुभएको छ ।
विजयी हुनेहरुमा नेपाली काँग्रेसका महिला सदस्य राधिका खड्का बाटाले एक हजार ३३८ मत, दलित महिला सदस्य रामकुमारी विकले एक हजार ३३३, वडा सदस्य राजी गिरीले एक हजार ३२८ र अर्का सदस्य नेमकिपाका रोशन खत्रीले एक हजार १८२ मत प्राप्त गरि विजयी हुनुभएको छ ।
नगर प्रमुखमा काँग्रेसका राजाराम खड्काले चार हजार ८३२ मतले अग्रता लिनुभएको छ भने उपप्रमुखमा पनि काँग्रेसकै सरु बानियाँले पाँच हजार १९१ मतले अग्रता लिनुभएको छ ।
निकटतम प्रतिद्वन्द्वीे नगरप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार सोम मिश्रले चार हजार ४०३ र उपप्रमुखमा एमालेकी बिना बास्तोलाले चार हजार ५७४ मतले पछ्याइरहनुभएको छ । मतगणना जारी छ ।
No comments:
Post a Comment