Breaking

Tuesday, May 23, 2017

१०० भन्दा माथी निर्वाचन आचारसंहिता उल्लङ्घन


स्थानीय तह निर्वाचन, २०७४ को निर्वाचनको मौनअवधिसम्ममा ६२ सञ्चारमाध्यमका एक सय १५ सामग्रीमा पत्रकार आचारसंहिता तथा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको पाइएको छ ।

यही वैशाख १५ देखि २८ गतेसम्मका अवधिमा छापातर्फका ३४ माध्यममा ६६ सामग्री, विद्युतीयतर्फका १८ अनलाइनमा प्रकाशित/प्रसारित २५ सामग्री, पाँच पाँच टेलिभिजन र रेडियोतर्फका १२–१२ सामग्रीले आचारसंहिता उल्लङ्घन गरेको पाइएको प्रेस काउन्सिल नेपालले जनाएको छ ।

काउन्सिलले पत्रकार आचारसंहिता तथा निर्वाचन आचारसंहिताको उल्लङ्घन गर्ने तीन छापा तथा पाँच– पाँच रेडियो र टेलिभिजनलाई तुरुन्तै ध्यानाकर्षण गराएको मुख्य अधिकृत झवीन्द्र भुसालले जानकारी दिए । आचारसंहिता आकर्षित भएका विषयवस्तुमा एकपक्षीय तथा सत्य, तथ्य र निष्पक्षता नभएको, निर्वाचन आचारसंहिताले तोकेको समयसीमाअनुरुप विज्ञापन प्रकाशन/प्रसारण नभएको तथा निर्वाचनसम्बन्धी सभासम्मेलनको प्रत्यक्ष प्रसारण गरेर उल्लङ्घन गरेको पाइएको छ ।

निर्वाचन आचारसंहिता अनुगमनको जिम्मेवारी पाएको काउन्सिलले गुणात्मक अनुगमन प्रणालीको दैनिक रुपमा र सङ्ख्यात्मक अनुगमनको साप्ताहिक रुपमा निर्वाचन आयोगलाई प्रतिवेदन दिँदै आएको छ । रासस

No comments:

Post a Comment